दाङ, साउन २७ । दाङ प्रहरीले ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा घोराही–११ निवासी ४२ वर्षिय बलदेव थापालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
विदेश पठाउने वहानामा विभिन्न व्यक्तिहरुबाट तीन करोड बढी ठगी गरेको आरोपमा एसपी सिंहका अनुसार विभिन्न व्यक्तिको जाहेरीको आधारमा थापालाई नियन्त्रणमा लिइएको हो । लुकिछिपी बस्दै आएका थापालाई पक्राउ गरी कानुनी पक्रियाका लागि अदालत पठाउने तयारी भइरहेको एसपी सिंहले बताउनुभयो ।