मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

राकेश बस्नेत
तुलसीपुर पुस ११ । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाले खानेपानी तथा सहरी मन्त्रालयबाट टुक्रनु खानेपानीको क्षेत्रको लागि सुखद् पक्ष भएको बताएका छन् । जिल्लाका विभिन्न खानेपानी संघ संस्था अवलोकनका क्रममा जिल्ला आएका देवकोटाले तत्कालका लागि मन्त्रालयमा विभिन्न भौतिक संरचना  र कर्मचारी कम भएपनि दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पर्ने बताएका थिए ।

अनुगमनका क्रममा बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना गरेको स्वागत तथा ज्ञापन पत्र बुझ्दै देवकोटाले खानेपानी संस्थालाई नयाढंगले अघि बढन् सुझाव दिएका थिए । कार्यक्रमम बोल्दै धारा वितरण संख्या अत्यधिक र माग समेत बढि भएकाले संस्थाले नयाँढंगका साथ अघि बढनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै महानिर्देशक  देवकोटाले संस्थाले पानी ल्याइरहेको स्थानमा कुनै उद्योगले कच्चा पदार्थ निकाल्ने क्रममा वातावरणीय प्रभाव अध्ययनका आधारमा उद्योग मन्त्रालय र स्वास्थ्य तथा वातावरण मन्त्रालयको समन्वयमा अघि बढन सकिने बताएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप गौतमले संस्थाले करिब ३४ वर्ष अघि देखि पानी वितरण गर्दै आएकोमा हाल पानी वितरणमा कठिनाइ उत्पन्न हुन थालेको बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य पुष्कर रावतले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post