मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओपेन्द्र बस्नेत,
दाङ, पुस ११ ।
रक्सी र गाँजाको नसामा पश्चिम दाङमा एक युवकले गएराती गोठमा आगो लगाउदा डेढलाख बढीको क्षेती भएको छ । करिव ११ वजे भएको आगलागीबाट पुरन्धारा गाविस–८ रोल्पालीतरा निवासी झुपलाल डाँगीको गोठमा बाँधेका एक हल गोरु, गाईको बाच्छी जलेर मरेका छन् ।

 त्यसैगरी गोठमा रहेका दारपात, गाईबस्तुलाई खुवाउने पराल पनि जलेर नष्ट भएको स्थानीय ज्ञानबहादुर खत्रीले बताएका छन् । जाँडरक्सी र गाँजाको लतमा लागेका छिमेकी १७ वर्षका भिमबहादुर पुनले गोठमा आगो लगाएको स्थानीयले बताएका छन् ।

 आगो लगाउने पुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । गोठभित्र छोडेको चप्पल र जाइकोटका आधारमा आगो लगाउने युवकको पहिचान भएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post