प्यूठान, जेठ ४।
मध्यपश्चिम क्षेत्रकै ठूलो ह्याचरी उद्योग राप्ती फिड एण्ड ह्याचरीमा लगानी विस्तार गरिएको छ । प्यूठानको बाङ्गेशाल–७, ददेरीमा निजीक्षेत्रको लगानीमार्फत सञ्चालित उक्त उद्योगमा लगानी बढाइएसँगै अहिले दैनिक २० हजार कुखुराका चल्ला उत्पादन हुन थालेको छ । उद्योगमा एकैपटक करीब १० हजार कुखुरा अट्ने क्षमताको पूर्वाधार निर्माण गरिएको छ ।
‘उद्योगबाट दैनिक २० हजार चल्ला उत्पादन भइरेको छ,’ उद्योगका प्रशासकीय प्रमुख धर्मराज भण्डारीले भने । शुरूमा १ करोड ९५ लाख लगानीमा उद्योग शुरू गरेको भन्दै उनले हाल पूँजी बढाएर ३ करोड रुपैयाँ पु¥याइएको बताए । उद्योगमा आफूसहित टीकाराम रिजाल (लुङ), उमाराम पौडेल (बिजुवार), मानबहादुर जीसी (ओखरकोट), बुद्धबहादुर जीसी (खलङ्गा), प्रकाश सुवेदी (फोप्ली) र विष्णु रिजा (लुङ)ले लगानी गरेको उनले जानकारी गराए । ‘मध्यपश्चिम क्षेत्रलाई कुखुराको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हौं,’ उनले भने । वार्षिक २ करोडबराबरको व्यवसाय र करीब २० लाख मुनाफा भइरहेको उनले बताए ।
हाल उद्योगमा अण्डा दिने ‘माऊ कुखुरा’ ९ हजारओटा छन् । यसमध्ये ६ हजारले नियमित अण्डा उत्पादन गरिरहेको भण्डारीले बताए । जिल्लाका कुखुरा व्यवसायीले चितवनबाट चल्ला खरीद गर्ने गरेको भन्दै उनले अब जिल्लाकै उत्पादनलाई प्रोत्साहन दिन आग्रह गरे । उद्योगले दाङ, रोल्पा, बाँके र कपिलवस्तुमा चल्ला पु¥याइरहेको उनले बताए । उद्योगमा १७ युवा प्रत्यक्ष रोजगार रहेकोे उनको भनाइ छ । आर्थिक वर्ष २०७०७१ मा व्यावसायिक कृषि आयोजना (प्याक्ट)बाट ४० लाख रुपैयाँ अनुदान दिइएको उनले बताए । अनुदान रकमबाट चल्ला हुर्काउने, प्यारेण्ट खोर, मेशिनरी र गाडी खरीद गरिएको उनले जानकारी दिए ।