मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असार ३१ । आज हरिशयनी एकादशी, हिन्दु धर्मावलम्बीहरुले घर–घरमा तुलसीको बिरुवा रोपेर मनाउँदैछन् । हरेक वर्ष असार शुक्ल एकादशीका दिन हरिशयनी एकादशी मनाउने गरिन्छ ।

जेठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको बिउ आजका दिन घर आँगनमा रहेको तुलसीका मठ तथा गमलामा विधिपूर्वक सार्ने गरिन्छ । हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा पूजा गर्ने चलन छ ।

हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भन्ने गरिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

आजको दिन तुलसी रोप्न पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post