काठमाडौँ, असार २८ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि भारतीय राजदूत रञ्जित रेको दौडधुप फेरि बढेको छ । माओवादीले समर्थन फिर्ता लिएको २४ घण्टा बित्न नपाउँदै भारतीय राजदूत रेले बिभिन्न पार्टीका नेताहरुसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ।
स्रोतका अनुसार, राजदूत रेले मंगलबार साँझ लैनचौरस्थित भारतीय दूतावासमा बिभिन्न दलका नेताहरुलाई बोलाएर परामर्श गरेका हुन् । ओली सरकार हटेकोमा आफू निकै खुसी भएको बताउँदै उनले उपस्थित नेताहरुलाई भनेका थिए– ‘भारत सफल भयो । अत्यन्त मेहनतका साथ केपी ओलीलाई सफलतापूर्वक सरकारबाट हटाइयो । अब दुईमहिनाभित्र प्रचण्डलाई भारतको भ्रमण गराउँछौँ । मधेशको समस्या, सीमाङ्नको समस्या पनि हल हुन्छ ।’
भेटमा सहभागी एक नेताले ‘सरकारबाट हटेपछि एकातिर केपी ओली, अर्कातिर शेरबहादुर देउवा हुन्छन् कसरी समस्याको हल हुन्छ ?’ भनी जिज्ञासा राखेका थिए ।
जबाफमा राजदूत रेले भने– ‘यो चिन्ता नगर्नुस, यो सबैकुरा मिलिसक्यो, हामी मिलाउँछौँ ।’ भारतीय राजदूत निकै ‘कन्फिडेन्स’ देखिएको भेटमा सहभागी मधेशी मोर्चाका एक नेताले बताए ।
भेटमा काँग्रेस, माओवादी तथा मधेशी मोर्चाका केही नेता सहभागी थिए । खासगरि, केपी ओली सरकार बनेपछि भारतीय राजदूतको दौडधुप केही कमी भएको थियो । ओली र राजदूत रेबीच दूरी नै बढेको थियो । राजदूतलाई आफ्नो पदीय मर्यादामा बस्न तथा परराष्ट्र मन्त्रालयमार्फत समय लिएर मात्र भेट्न आउन भनेपछि भारतीय राजदूत ओलीसँग झनै चिढिएका थिए । ओली सरकारलाई भारत र नेपालीस्थित भारतीय राजदूत रेले अस्तित्वको लडाईंसँग लिँदै आएका थिए ।