दाङ साउन २ । केक काटेर तडकभडकपूर्ण तरीकाले जन्मदिन मनाइरहँदा दाङका प्रकाश श्रीबन्दले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ । घोराही–११ निवासी श्रीबन्दले दाङमा रगतको अभाव भएको खबर सुनेपछि जन्मदिनको अवसरमा घोराहीमा रहेको रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्नुभएको हो ।
रेडक्रस शोशाइटी जिल्ला शाखा दाङका कार्यसमिति सदस्य समेत रहनुभएका श्रीबन्दले आइतबार परेको जन्मदिनमा रक्तदान गर्नुभएको हो । आफ्नो ४३ औं जन्म दिवसको अवसरमा रक्तदान गर्नुभएका श्रीबन्दले यसपूर्व २२ पटक रक्तदान गरेको भन्दै रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
रक्तदान गर्दा शरिरमा कुनै खराबी नहुने भन्दै श्रीबन्दले नियमित रक्तदान गर्दा शरिरमा फाइदा हुने बताउनुभयो । श्रीबन्द गोरक्ष रत्ननाथ मावि चौघेराका अध्यापनरत हुनुहुन्छ ।