मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २७ । अंगुरको एक झुप्पो अर्थात् लगभग एक पाउ वजन । मूल्य कति पर्ला रु बढिमा ५० रुपैयाँ । तर यो संसारमा एउटा झुप्पोको अंगूरको मूल्य १२ लाख सम्म पर्दोरहेछ । सुन्दै पत्याउन गाह्रो पर्ने कुरा छ यहाँ । तर जापानमा हालै एक झुप्पो अंगुर झण्डै १२ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ । अघिल्लो वर्ष जापानमै दुइवटा खरबुजा झण्डै १३ लाख रुपैयाँमा बिकेका थिए ।

यसपटक भने एक झुप्पा अंगूर भारी मूल्यमा लिलामी भएको छ । आखिर जापानीहरु किन यति मामूली तथा सस्तो मूल्यका फलफूल कल्पनै गर्न नसकिने महंगो मूल्यमा किनिरहेका छन् त ?

पछिल्लोपटक १२ लाख रुपैयाँमा लिलाम भएको अंगुरको झुप्पोमा ३० गेडा अंगुर छन् । २० ग्रामको हरेक गेडामा १८ प्रतिशत चिनीको मात्रा छ । रुबी रोमन जातको उक्त अंगुर यो वर्षको पहिलो लिलामीमा सबैभन्दा धेरै मूल्यमा बिक्रि गरिएको हो ।

जापानको राजधानी टोकियो भन्दा ३ सय किलोमिटर उत्तरपश्चिममा पर्ने कनाजावा क्षेत्रमा अंगूरको लिलामी भएको हो । इसिकावा क्षेत्रमै फलेको यो अंगूरलाई निकै स्वादिलो जातको मानिन्छ । पश्चिमी जापानको एक सुपर मार्केटका मालिक टाकामारु कोनिसीले यो अंगुरको झुप्पो किनेका हुन् । आफुले उक्त झुप्पोलाई सुपर मार्केटमा राख्ने र ग्राहकहरुलाई नमूनाको रुपमा देखाउने उनी बताउँछन् ।

धनधान्यले भरिपूर्ण जापानीहरुमा महंगोमा फल किन्नुलाई सामाजिक प्रतिष्ठाको रुपमा लिइन्छ । विशेष फलका लागि उनीहरु चर्को मूल्य चुकाउन पछि पर्दैनन् । कहिलेकाहीँ यस्ता बहुमुल्य फल किनेर हाकिमलाई उपहार पनि दिन्छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post