मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३१ । नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका दलहरूको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता भएको भोलिपल्टै कांग्रेस नेता खुमबहादुर खड्काले आफ्नो पक्षका केन्द्रीय सदस्यहरूसँग छलफल र परार्मश गरेका छन्।

पार्टी नेता खड्काले आफू निकटका केन्द्रीय सदस्यहरूलाई आफ्नै निवासमा बिहीबार बिहान डाकेर नयाँ सरकारमा आफ्नो पक्षका नेताहरूको पनि उचित सम्मानका साथ प्रतिनिधित्व हुनुपर्ने विषयमा छलफल गरेका थिए।

पार्टी सभापति शेरबहादुर देउवालाई हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित गराउन खड्का र उनी निकट नेता कार्यकर्ताको महत्वपूर्ण भूमिका र योगदान रहेको दाबी गदै केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘पार्टी संगठनमा हाम्रो भूमिकाका आधारमा पार्टी संगठनसँगै सरकारमा सम्मानजनक र उचित प्रतिनिधित्व गराउने विषयमा छलफल भयो।’

अधिवेशनमा देउवालाई सघाएका खड्काले आफूलाई पूर्व सहमति अनुसार उपसभापतिसँगै केही सदस्य मनोनित गराउन दबाब दिँदै आएका छन्। पछिल्लो समय माओवादीसँग सहमति गरी सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसबाट आफ्नो पक्षबाट पनि मन्त्री बनाइनु पर्ने खड्का पक्षका सदस्यहरूको माग रहेको छ।

छलफलमा पार्टी नेता पूर्णबहादुर खड्का, पुष्पा भूसाल र देवेन्द्रराज कँडेलको उपस्थिति रहेको थियो।
 नेकपा माओवादीसँग सत्ता साझेदारी गरी अघि बढ्नेक्रम सुरू हुन नपाउँदै कांग्रेसभित्रका गुट उपगुटले पार्टी र सत्तामा आफ्नो उपस्थिति गराउन आन्तरिक वैठकलाई तीब्रता दिन थालेका हुन्।

यसअघि माओवादी नेतृत्वमा सरकार गठन गर्ने विषयमा पार्टी निर्णयका लागि केन्द्रीय समिति बैठक बस्नुअघि बुधबार बिहान नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले पौडेलको निजी सम्पर्क कार्यालय अनामनगरमा छलफल गरेपछि मात्रै केन्द्रीय समितिको बैठकमा गएका थिए।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post