काठमाडौं, असार २८ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि सत्तारुढ दलहरुले मिलेर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका बसेको सत्तारुढ दलहरुको बैठकले माओवादीले सरकारबाट समर्थन लिएपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितीको मिलेर सामना गर्ने निर्णय गरेको हो ।
‘नयाँ राजनीतिक परिस्थितीको मिलेर सामना गर्ने सत्तारुढ दलको निर्णय’ प्रधानमन्त्रीले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बैठकमा माओवादी बाहेक सबै सत्तारुढ दलका प्रतिनिधि सहभागी थिए ।
सत्ता साझेदार माओवादीले आज विहान मात्रै सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्दै कांग्रेससँग मिलेर अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।