दाङ असार ३० । चेकिङका क्रममा जरिवाना काटेको विषयलाई लिएर तुलसीपुर खानेपानी सरसफाई संस्थाले ट्राफिक प्रहरीको तुलसीपुरस्थित कार्यालयको धारा काट्ने चेतावनीसहितको पत्र पठाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज अपरान्ह ४ वजे तुलसीपुरमा चेकिङका क्रममा खानेपानी संस्थाका अध्यक्ष खेमराज वलीकी छोरी टीका ओलीलाई ट्राफिकले जरिवाना तिराएपछि अध्यक्ष ओलीले ट्राफिक प्रहरीको खानेपानीको धारा काट्ने पत्र पठाएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताउनुभयो । ‘तुलसीपुरमा ट्राफिक प्रहरीका सई रामप्रसाद पोख्रेलको नेतृत्वमा रहेको ट्राफिकले चेकिङका क्रममा ओली चढेको अनटेष्ट स्कुटीका कुनै कागजात र लाइसेन्स फेला नपरेपछि नियम अनुसार १ हजार रुपैयाँ जरिवाना तिराएको थियो’, प्रहरी प्रमुख सिंहले भन्नुभयो, ‘जरिवाना तिराएको केहीबेरमै खानेपानी कार्यालयबाट धारा काट्ने चेतावनीसहितको पत्र पठाइएको छ ।’
यता खानेपानी संस्थाका अध्यक्ष ओलीले ट्राफिक प्रहरीको धारा अवैध भएकाले बैध बनाउन अनुरोध गरी पत्र पठाएको जानकारी दिनुभएको छ । पटक–पटक अनुरोध गर्दा पनि ट्राफिक प्रहरीले अटेरी गरेकाले कार्यालयले प्रयोग गर्दै आएको धारालाई बैध बनाउन कागजात लिएर आउन भनि आफूले पत्र पठाएको अध्यक्ष ओलीको भनाई छ ।