मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, साउन २७ । भारतीय भन्सारका कर्मचारीले गौरीफन्टा भन्सार आसपासका सडकमा परेका खाल्डाखुल्डी मर्मत गरिदिन नेपाली व्यापारीलाई आग्रह गरेका छन् ।

भारतीय भन्सारको गौरीफन्टाका सहायक इन्चार्ज सुबोध चौबेले बुधबार कैलाली उद्योग वाणिज्य संघलाई धनगढीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाकाको सडक बनाइदिन आग्रह गरेका आजको अन्नपूर्णमा समाचार छ ।

कैलाली उद्योग बाणिज्य संघलाई आग्रह गरेपछि वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवर र पूर्वअध्यक्ष दिनेशराज भण्डारीसहितको टोली बुधबार कष्टमका सहायम इञ्चार्ज चौबेलाई भेट्न गौरीफन्टा गएका थिए ।

नेपाली व्यपारीका गाडी बढी आउने भएकाले सडक ममृतका लागि आग्रह गरिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवरले जानकारी दिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post