दाङ, असोज १५ । दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रूपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ ।
दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरू धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेको भेटिन्छ ।
खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने चिकित्सकहरुको भनाइ छ । उनीहरुले दसैँमा मासु खाँदा सावधानी भने अपनाउनुपर्ने बताएका छन् ।
बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिने उनीहरुको भनाइ छ । क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनीहरुको सल्लाह छ । एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह चिकित्सकहरुले दिएका छन् । उनीहरुले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन पनि आग्रह गरेका छन् ।