गोकर्ण पौडेल,
हापुरे, असोज १५ । पश्चिम दाङको हापुरेमा भार्गव विकास बैंकको शाखा उद्घाटन गरिएको छ । दाङ, बाँके र बर्दिया जिल्लामा शाखा रहेको बैंकको नवांै शाखाका रुपमा शनिबार हापरेमा उद्घाटन गरिएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष डम्वरबहादुर थापाको अध्यक्षता एवं हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति बलबहादुर बुढा, नेकपा एमाले पुरन्धारा गाउँ कमिटीका अध्यक्ष भुवनेश्वर पौडेल, नेकपा माओवादी केन्द्रका भीमबहादुर वली, नेकपा क्रातिन्कारी माओवादीका आइतराम विक, मजदुर किसान पार्टीका मानबहादुर बुढा, पुरन्धारा गाविस सचिव यामबहादुर केसी, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्ररेककुमार चौधरीले बोल्नुभएको थियो ।
कार्यक्रममा वेष्र्टन डेभलपमेन्ट बैंक हापुरे शाखाका प्रमुख छवि भण्डारी, रेडियो हापुरे सञ्चालक समितिका अध्यक्ष सन्तराम सुनार, माध्यमिक विद्यालय पदमपुर व्यवस्थापन समितिका अध्यक्ष नवराज भुसाल, मेघा बैंक तुलसीपुरका प्रमुख वीरबहादुर भण्डारी, बैंकका पूर्व सञ्चालक गोपालबहादुर रावत, बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी, हापुरे उद्योग वाणिज्य संघका सचिव इन्द्रबहादुर राम्जा, होटेल व्यवसायी धनसिंह केसीलगायतकाले बोल्नुभएको थियो ।
हाल हापुरेमा वेष्र्टन डेभलपमेन्ट बैंक, लक्ष्मी वित्तीय संस्था, छिमेकी लघुवित्तलगायतका संस्थाहरुले आर्थिक कारोबार गरिरहेका छन् । बैंक सञ्चालक समितिका सदस्य रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राजीव वलीले गर्नुभएको थियो ।