मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

जाजरकोट, असोज १५ । जाजरकोटका अधिकांश सामुदायिक विद्यालयमा पौष्ट्रिक आहार पाउन थालेपछि विद्यार्थीको संख्या वढेको छ । निजी विद्यालय समेत छाडेर विद्यार्थी सामुदायिक विद्यालयमा आएका छन् ।

जाजरकोटमा सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रमबाट ३४ हजार बालबालिका लाभान्वित भएको बताइएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ जाजरकोटले जिल्लाका विभिन्न १८ गाविसका बाल विकास, प्रावि, निमाविमा पौष्ट्रिक आहार उपलब्ध गराउदै आएको छ ।

विद्यार्थीलाई विद्यालयमा नियमितता ल्याउँन र ग्रामीण भेगका विद्यार्थीको खाजा स्वरुप नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पौष्टिक आहार कार्यक्रम सञ्चालन भैरहेको छ ।

खाद्य कार्यक्रम जाजरकोटका १८ ओटा गाविसमा ८ वटा वितरण केन्द्रबाट २ सय ३१ विद्यालयमा वितरण भईरहेको शिक्षाका लागि खाद्य ईकाइ प्रमुख रविन्द्रमानसिहं भण्डारीले बताए । उनका अनुसार दल्ली वितरण केन्द्रबाट डाँडागाउ, लह र खगेनकोट गाबिसमा गरी ३३ ओटा विद्यालयमा पु¥याउने गरिन्छ ।

चौखा विवतरण केन्द्रबाट भगपति, रग्दा र खगेनकोटका केहि विद्यालयमा गरी २४ वटा विद्यालय लैखम र लिम्सा बितरण केन्द्रबाट सक्ला नायकवाडा लहँ रामिडाँडा ररोकायगाउँ गरी ५२ वटा विद्यालयमा वितरण भईरहेको बताईएको छ ।

त्यस्तै टापुचौर बितरण केन्द्रबाट अर्छानी र टालेगाउँ गाविसमा २६ वटा विद्यालय वितरण गरिएको छ । पजारु वितरण केन्द्रबाट पजारु र गर्खाकोटका ३२ वटा विद्यालयमा, सानाखोला वितरण केन्द्रबाट दह, मजकोट र कोर्ताङ्का ३८ विद्यालयमा र घरंगा वितरण केन्द्र बाट पंैक र ढिमेका २६ वटा विद्यालयमा पौष्टिक आहार वितरण भईरहेको खाद्य ईकाइ जाजरकोटले जनाएको छ ।

शिक्षाका लागि खाद्य कार्यक्रम लागु भएका विद्यालयमा विद्याथीको उपस्थिती अन्य विद्यालय भन्दा दोब्बर हुने गरेको छ । गत वर्षसम्म बाल विकास र प्रा।वि।मा मात्र दिईने पौष्टिक आहार गत जेठ महिनाबाट निमाविमा पनि सो कार्यक्रम लागु गरिएको छ । जाजरकोटमा ५ हजार ४४ विद्यार्थी बाल विकासमा, १९ हजार २ सय ९६ प्राविमा र ९ हजार ६ सय ६० जना निमाविमा गरी जम्मा ३४ हजार बालबालिकाले शिक्षाका लागि पौष्टीक आहारबाट लाभान्वित भएको खाद्य ईकाइ प्रमुख भण्डारीले जानकारी दिए ।

शिक्षाका लागि खाद्य कार्यक्रम जाजरकोटमा १९ बालविकास, १ सय ६६ प्रावि ४६ निमावि गरी २ सय ३१ बिद्यालयमा लागु भएको छ ।

सो पौष्टीक आहार ९हलुवा० एउटा विद्यार्थीलाई प्रतिदीन १० ग्राम, पिठो १० ग्राम, चिनी १० ग्राम र तेल चाहिने सो कार्यक्रम त्यस अनुपातमा उपलब्ध भईहेको शिक्षाका लागि खाद्य ईकाइ जाजरकोटले जनाएको छ ।
पौष्ट्रिक आहार दुरुपयोग हुँन नदिन स्रोत व्यक्ती, विद्यालय निरिक्षकलाई व्यापक निरिक्षण गर्न लगाएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post