दाङ, मंसिर २ । दाङका एक युवाले हातले टेकेर दुई किलोमिटर बाटो हिँडेका छन् । खुट्टाले टेकेर हिँड्ने समेत कठिन मान्ने अहिले दुनियाँमा दाङ तुलसीपुर नगरपालिका–१ राणागाउँका ऋषि परियारले उक्त दूरी हातले हिडेर पार गरेका हुन् ।
उनले राप्ती लोकमार्गको तुलसीपुर सल्यान सडक खण्डमा झण्डै दुई किलोमिटर यात्रा हातले मात्रै टेकेर पार गरेका हुन् । सयौं स्थानीयवासी र शुभचिन्तकको बीचमा हातले टेकेर हिँड्ने आफ्नो उच्च क्षमताको प्रर्दशन गरेका छन् । टिभि अन्नपुर्णमा समाचार छ ।
समर्थक र आफन्तको ताली तथा हुटिङ्का बीच यात्रा सुरु गरेका २५ वर्षीय परियारले दुई हातले टेकेर करिव दुई किलोमिटर दुरी पार गरेका हुन् ।
स्थानिय युवा क्लबको आयोजना र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको व्यवस्थापनमा परियारले तुलसीपुर–सल्यान सडक खण्डको लाहुरेचौरदेखि गोटीखोलासम्मको दुरी हातले टेकेरै पार गरे ।
स्थायिन जेष्ठ नागरिक एक सय ३ वर्षीया पार्वती वलीले रिबन काटेसँगै हातले हिँड्ने कठिन यात्रा सुरु गरेका थिए । उनले यो यात्रालाई राष्ट्रिय स्तर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र आफ्नो गाउँ-ठाउँ तथा देशलाई विश्वसामु चिनाउने अठोट लिएका छन् ।
सानैदेखि खेलप्रति रुची राख्ने परियारले ८/१० बर्ष अघिदेखि आफूले हातले टेकेर हिँड्ने अभ्यास थालेको बताए ।