काठमाडौं, फागुन १७/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा संविधान संशोधन विधेयक पारित नहुने देखिएकाले स्थगित गर्ने वा अगाडि बढाउने विषयमा प्रष्ट धारणा दिन मधेसी मोर्चालाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटामा मंगलबार बिहान भएको बैठकमा प्रधानमन्त्रीले मधेसी मोर्चालाई तीनवटा विषयमा प्रष्ट धारणा दिन माग गरेका छन्। प्रधानमन्त्रीले सांसद संख्याका कारण संशोधन विधेयक पारित नहुने अवस्था रहेकाले यसलाई स्थगित गरेमा चुनावमा भाग लिने कि नलिने प्रष्ट हुन आग्रह गरेका छन्।
त्यस्तै संशोधन विधेयकमा राप्रपा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको समर्थन खोज्दा उनीहरुले मानेनन् भने विधेयक स्थगित गर्ने कि अघि बढाउनेमा पनि प्रष्ट हुन प्रधानमन्त्रीले आग्रह गरेका छन्। उनले राप्रपा र फोरम लोकतान्त्रिकको समर्थन लिएर विधेयक अघि बढाउँदा पारित नभएमा चुनावमा भाग लिने कि नलिने भन्नेमा पनि प्रष्ट हुन आग्रह गरेका छन्। प्रधानमन्त्रीले यस विषयमा मोर्चालाई मंगलबार नै निर्णय दिन आग्रह गरेका छन्।
मोर्चाको जवाफका आधारमा प्रधानमन्त्रीले राप्रपा र फोरम लोकतान्त्रिकसँग छलफल गर्ने भन्दै बुधबार राप्रपा र फोरम लोकतान्त्रिकसहितको बैठक बोलाएका छन्। मधेसी मोर्चाले पनि यस विषयमा निर्णय गर्न मंगलबार नै संघीय समाजवादी फोरमको कार्यलयमा दिउँसो बैठक गर्ने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए।
प्रधानमन्त्रीले सरकारमा सहभागी दल र मधेसी मोर्चाको मात्र प्रयासले विधेयक पारित हुने अवस्था नभएकाले यस विषयमा उचित निर्णय लिन मोर्चालाई आग्रह गरेका छन्। मधेसी मोर्चाका नेताहरुले भने विधेयक पारित नभएमा आफूहरु चुनावमा भाग नलिने बताएका छन्। स्थानीय तहको संख्या थप्ने तयारी बैठकमा मधेसका जिल्लामा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनका लागि स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वको तीन सदस्यीय कार्यदललाई थप ३ दिन सरकार सहमत भएको छ। बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले मधेसी मोर्चाको माग पूरा गर्न जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने र त्यसका लागि सरकारले कार्यदलको समय थप गर्ने बताइन्।