मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख १९ । जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए ।

जिल्लामा वैशाख दोस्रो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै रोप्ने समय हो । सोही समयभित्रमा सबै कृषकलाई बीउ वितरण गरिने छ । कृषकको मागका आधारमा दुई सय क्विन्टल मकैको बीउ उपलब्ध गराएको घिमिरेले बताए ।
“अनुदानमा दिइने बीउ जिल्लाका विभिन्न स्थानमा रहेका कृषि सेवा केन्द्रबाट प्राप्त गर्न सकिने छ,” उनले भने ।

Abroad Study
«
Next
»
Previous