मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३० । ओली सरकार विस्थापित गर्न कांग्रेस र माओवादीबीच सातबुँदे सहमति भएको छ । तर, त्यसबाहेक गोप्य सहमति पनि भएको छ ।

सहमतिअनुसार ०७४ माघसम्म स्थानीय, प्रदेश र केन्द्रीय संसद्को चुनाव भइसक्नुपर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसका लागि कांग्रेस–माओवादीबीच अबका १८ महिनामा नौ–नौ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा नेता विमलेन्द्र निधिले गोप्य तीनबुँदे सहमतिको विषय जानकारी गराएका थिए ।

‘सातबुँदे सहमति अहिले सरकार गठनका लागि भएको हो । अब गठन हुने माओवादी नेतृत्वको सरकारले स्थानीय चुनाव गर्छ’ निधिको भनाइ उद्धृत गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘गोप्य राख्ने सर्तमा तीनबुँदे सहमति भएको छ । यसमा पहिलो चरणमा माओवादी नेतृत्व, दोस्रो चरणमा हाम्रो नेतृत्वको सरकार हुने उल्लेख छ । प्र्रदेश र केन्द्रीय संसद्को चुनाव कांग्रेसको नेतृत्वमा हुन्छ भन्ने सहमति छ ।’

स्थानीय तहको नयाँ संरचनाअनुसार माघमा चुनाव गरेर प्रचण्डले चैतमा देउवालाई सत्ता हस्तान्तरण निधिको भनाइ छ । यसका लागि स्थानीय संरचना गठनको काम थालेको आयोगको म्यादलाई फागुनबाट घटाएर पुससम्म झार्ने समझदारी भएको छ ।

‘नयाँ संरचनाअनुसार स्थानीय तहको चुनाव गर्नुपर्छ, तर आयोगलाई फागुनसम्मको समय दिएको छ,’ कांग्रेस स्रोत भन्छ, ‘अब आयोगले स्थानीय तहको सीमांकनसहितका काम गर्ने समय पुसतिर सार्ने र माघ वा फागुनमा स्थानीय चुनाव गरेर माओवादीले कांग्रेसलाई चैतमा सत्ता हस्तान्तरण गर्ने सहमति छ ।’

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post