मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३० ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो घटनाक्रमबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका छन् ।

बुधबार साँझ राष्ट्रपति भवन शीनल निवास पुगी ओलीले राष्ट्रपतिलाई विकसित घटनाक्रमबारे जानकारी गराएका हुन् ।

सत्तासाझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावसमेत दर्ता गरेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकार ढाल्नका लागि भएको लामो ऋंखलाबारेसमेत जानकारी गराएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीसँगको परामर्शमा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संविधान कार्यान्यवनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएकी छन् ।

राजधानी दैनिकबाट

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post