काठमाडौँ, असार २९ । व्यवस्थापिका–संसद्को पूर्वनिर्धारित बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै व्यवस्थापिका–संसद् सचिवालयले बैठक स्थगित गरेको हो ।
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन मङ्गलबार फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि नयाँ जोड घटाउको प्रभाव सदनको बैठकमा देखिएको छ । आजै नयाँ बानेश्वरस्थित सदनभवनमा नयाँ परिस्थितिको विश्लेषण गर्न नेका संसदीय दलको बैठक बसेको थियो ।
यसैगरी माओवादी केन्द्रको पनि संसदीय दलको बैठक अहिले जारी रहेको छ ।