बाँके असार २९ । नेपालगञ्ज–२३ का विष्णु गिरीका १३ वर्षिय छोरा आशिष गिरीको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दका अनुसार मङ्गलबार साझ बालक बेपत्ता भएको सूचना पाएपछि खोजीका क्रममा स्थानीय तलाउमा पौडी खेल्न गएको सूचना प्राप्त भएको थियो ।
अबेर राति बालकको शव तलाउमा भेटिएको र पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । बालक आशिष रम्भापुरस्थित खेतमा रहेको तलाउमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणपछि आज परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।