मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २८ गते । नवनियुक्त प्रभानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतबाट जन्मकैदको सजाय तोकिएका माआवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रन नमानेको बताएकी छन् ।

राष्ट्रपति विद्यादेबी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्त र सफत लिएपछि कार्कीले सोमबारै सर्वोच्चमा पद बहाली गरेकी छन् । न्यायलयबाट भएको फैसला कार्यान्वयन नहुँदा दण्डहीनता बढेर कानुनको शासनमा चुनैती खडा भएको भन्दै सञ्चारकर्मीले राखेको प्रश्नको जबाफ दिने क्रममा कार्कीले यस्तो धारणा व्यक्त गरेकी हुन् । ‘जहाँसम्म त्यो नता (ढुंगेल) का विषयमा तपाइहरुले सोध्न खोज्नुभएको होला । न्यायाधीशहरु गएर पक्रने कुरा भएन । पुलिसलाई भन्यो पक्रँदैन’, कार्कीले भनिन्, हामी भेट्दैनौं । यो कुरा नगर्नुहोला ।

मैले तपाईहरु (पत्रकार) लाई पहिल्यै बाँधे । यसबारे अरु थप नसोध्नुस् ।’ कार्कीसमेत संलग्न सर्वोच्च अदालतको संवैधानिक इजलासले गत पुस २३ गते द्वन्द्वकालको एउटा हत्या घटनामा मुछिएका ढुंगेललाई कैदबाट माफी दिने गरी मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष गरिएको सिफारिस खारेज गरेको थियो । सर्वोच्चले अन्तिम फैसला कार्यान्वयन गर्न अदालतमा समर्पण नगरी माफी दिँदा कानुनी शासनको सिद्धान्त उल्लंघन हुने ठहर गरेको थियो । सर्वोच्चले नयाँ संविधान एवं माफीसम्बन्धी कानुनको अभावमा त्यस्तो निर्णन गर्न नसकिने उक्त फैसलामा जनाएको छ । –अन्नपूर्ण पोस्ट्बाट

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post