बैतडी, असार ३१ । अविरल वर्षापछि पहिरो र बाढीका कारण महाकाली राजमार्ग बिहीबार रातिदेखि फेरि अवरुद्ध भएको छ ।
बैतडीको गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुलाको मालिकार्जुनको पनेवाज, तेर्छालेक, अपि नगरपालिका–१७ धापलगायतका अरु ठाउँमा सडक अवरुद्ध भएको छ ।
यही असार १६ गते अपि नगरपालिका–१७ धापमा पुल बगाएर डाइभर्सन बनाएर सडक सञ्चालनमा रहेको ठाउँमा बिहीबार राति बाढी आएकाले सडक सञ्चालन हुन केही समय लाग्नेछ ।
यस्तै मालिकार्जुुनको पनेवाज र तेर्छालेकमा पनि पहिरो जाँदा अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले पहिरो पन्छाउने कार्यसमेत प्रभावित भएको बताइएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार अवरुद्ध बनेको राजमार्ग सञ्चालनका लागि आज बिहानैबाट प्रयास भइरहेको बताउनुभयो ।
पहिरोका कारण अवरुद्ध बनेको सडकलाई सडक डिभिजन कार्यालय पाटन बैतडीको जेसिबी डोजर र दार्चुलाबाट एउटा निजी डोजरले पहिरो पन्छाइरहेको जनाइएको छ ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा दार्चुलाबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन रोकिएका छन् ।
सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, दार्चुला सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारी साधन ठप्प भएका छन् ।