मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ, असार ३१। अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ ।

बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

नेपालका लागि सागर पुनले अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३८ तथा राजु रिजालले अविजित २४ रन जोडे ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको घरेलु टोली जिमखानाले पूरै ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

जिमखानालाई लक्ष्यमा पुग्न नदिन नेपालका लागि सागर, शक्ति गौचन, करण केसी र विक्रम सोबले समान दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए ।

आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल अहिले अभ्यास खेलका लागि बेलायतमा छ । नेपाल मेरोलेबोन क्लबको निम्तोमा यसै साता लन्डन गएको हो ।

बुधबार भएको पहिलो खेलमा पनि नेपाली टोलीले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post