मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३० । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार एमाले नेता माधव नेपालको नेतृत्वको सरकारजस्तै लामो समय चल्न सक्ने संकेत दिएका छन्।

सत्ता साझेदार दल नेकपा माओवादीले विगतको सहमति कार्यान्वयन नभएको भन्दै सत्ताबाट बाहिरिँदै प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सात राजनीतिक दलको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट बिहीबार उनले यस्तो संकेत दिएका हुन्।

नयाँ वानेश्वरस्थित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा प्रधानमन्त्री पदबाट पार्टी नेता नेपालले राजीनामा दिएपछि पनि नयाँ सरकारको नेतृत्व चयन हुन नसक्दा सात महिना कामचलाउ सरकार चलेजस्तै स्थितिको पुनरावृत्ति हुन सक्ने बताएका हुन्।

‘संविधानले सरकारको विरुद्ध अविश्वास प्रस्ताव पारित गरी सरकार गिराउने व्यवस्था गरे पनि नयाँ सरकारको गठनबारे कुनै व्यवस्था नगरेको अवस्थामा हामी पनि हेर्छौ। संविधान अनुसार कसरी नयाँ सरकार बन्छ,’ ओलीको भनाइ उदृत गर्दै एक सदस्यले भने।

 उनले आफूविरुद्ध दुई माओवादी र कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गर्दैमा पदबाट राजीनामा नदिने प्रतिवद्धता दोहोर्याउँदै भने, ‘एमाले संविधान अनुसार संसदमा सबै चुनौतीको सामना गर्न तयार छ।’

पहिलो संविधान सभाको कार्यकालमा माधव नेपालले राजीनामा दिएपश्चात् संसदले नयाँ प्रधानमन्त्री चयन गर्न नसक्दा सात महिना कामचलाउ सरकारका रुपमा रहेको थियो।

 माओवादी नेतृत्वको पछिल्लो निर्णय नेपाल र नेपाली जनताको भावना विपरित कसैको डिजाइनमा भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा देशका केही पार्टीहरुको ब्याट्री अन्तैबाट चार्ज हुन्छ। त्यो चार्च सकिएपछि आफै बन्द हुन्छ।’

आफ्नो नेतृत्वमा रहेको सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत देश र जनताको हितमा विकास निर्माण र राष्ट्र हितमा जनप्रिय कार्यक्रम ल्याउँदा एमालेको बढ्दो लोकप्रियताबाट अरु दलहरु र तिनका नेताहरु अत्ताललिएको उनले बताए।

त्यसका बाबजुद संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको आफ्नो दलले यसको कार्यान्वयनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै उनले संविधानका परिकल्पना अनुसार स्थानीय, प्रदेश र संघको निर्वाचनबाट मात्रै संविधान कार्यान्वयन हुने बताए।

उनले हिजोका दिनमा संविधान निर्माण प्रक्रियामा अनेकौं चुनौतीको सामना गरेको उल्लेख गर्दै भने, ‘अब पनि संसदमा अविश्वासको सामना गर्छौं।’

सेतोपाटी

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post