मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नयाँ दिल्ली, असार ३१ । भारतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न आफ्नो संलग्नता नभएको जनाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारतको हात छ भनी बिहीबार अभिव्यक्ति दिएका छन् नि भन्ने प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले इन्कार गरे।

नियमित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने,‘मैले त्यस्तो अभिव्यक्ति दिएको पाएको छैन। त्यस्तो अभिव्यक्ति दिएको भए हामी त्यसलाई ठाडै अस्वीकार गर्छौ।’

भारतले नेपालमा पछिल्लो पटक भइरहेका घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भन्दै यस विषयमा कुनै औपचारिक प्रतिक्रिया नदिने बताएको छ। प्रवक्ता स्वरुपले नेपालको आन्तरिक मामिला भएकाले यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post