काठमाडौं, साउन १ । नेपाली कांग्रेसले अब बन्ने सरकारमा सहभागी हुने सांसदहरु पार्टी पदाधिकारी र केन्द्रीय सदस्य बन्न अयोग्य हुने गरी मापदण्ड तयार पारेको छ । पदाधिकारी, केन्द्रीय सदस्य र मन्त्री बन्ने आकांक्षी बडेपछि सभापति शेरबहादुर देउवाले सो मापदण्ड बनाएका हुन् ।
देउवाले नयाँ मापदण्ड बनाएपछि सरकारमा मन्त्री बन्नेहरु पार्टी पदाधिकारीमा मनोनयन नहुने भएका छन् । यसबाट पदाधिकारी मनोनयन गर्न ढिलाई गरिरहेका सभापति देउवालाई केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन गर्न सहज हुने भएको छ । उनले केन्द्रीय सदस्यमा आकांक्षा राख्दै आएका केही नेतालाई मन्त्री बनाएर चित्त बुझाउने भएका छन् । मन्त्री भएका व्यक्ति केन्द्रीय सदस्यमा समेत मनोनीत हुन नपाउने भएका छन् ।
सरकारमा कांग्रसको नेतृत्व गर्दे विमलेन्द्र निधि जाने भएका छन् । उनी उपप्रधानमन्त्रीसहित पार्टीबाट नेतृत्व गरेर गएमा उपसभापति बन्न पाउनेछैनन् । सरकामा निधि उपप्रधानमन्त्री हुने चर्चा छ ।
नयाँ मापदण्डपछि भने उनले केही निर्णय लिइसकेका छैनन् । कांग्रेस – माओवादी गठबन्धन निर्माणमा निधि र रमेश लेखकले प्रमुख भुमिका खेलेका थिए । निधि सरकारमा गए खुमबहादुर खड्का या गोपालमान श्रेष्ठमध्ये एकलाई उपसभापति बनाउन देउवालाई बाटो खुल्नेछ । राजधानी दैनिकमा खबर छापिएको छ ।