बझाङ , असार ३१ । बझाङको सुनिकोट गाविसका पाँच वटा वडाहरुमा घरमा सुत्केरी गर्न नपाइने भएको छ । बिहिबार एक कार्यक्रमका गरी सुनिकोट गाविसका पाँच वटा वडाहरुमा घरमा सुत्केरी गर्न नपाइने वडा घोषणा गरिएको हो ।
अब सुनिकोट गाविसका ६, ७ र ८ वडामा घरमा सुत्केरी गर्न नपाइने सुनिकोट स्वास्थ्य चौकीका इन्चार्ज राजु विकेले जानकारी दिनुभयो । अब सुत्केरी गराउन अनिवार्य रुपमा अस्पताल पुर्याउनु पर्ने छ ।
अबको केही समयमा पुरै गाविसलाई नै घरमा सुत्केरी मुक्त गाविस घोषणा गर्ने तयारी रहेको कार्यक्रमका प्रमुख अतिथी डाक्टर मिलन सिलवालले बताउनुभयो । घरमा सुत्केरी मुक्त गाविस घोषणा गर्नका लागि स्वास्थ्य संस्था, गाविस, आमा समूह तथा स्थानीयहरु लागि परेको छन् ।
सुनिकोट स्वास्थ्य चौकीका व्यावस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर ऐडीको अध्यक्षतामा सञ्चालन भएको यो कार्यक्रममा महिला स्वास्थ्य स्वंयम् सेविका, स्थानीयबासिन्दा, राजनीतिक दललागायतको सहभागिता थियो ।
उज्यालो अनलाइन