मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ, असार ३० । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा राष्ट्रव्यापीरुपमा युवाहरूले र्‍याली निकाल्ने भएको छ ।

स्वतन्त्र युवा अभियान नाम दिइएको युवा समुहले राष्ट्रियता, स्वाधिनता र विकासको लागि ओली सरकारको निरन्तरता भन्दै शुक्रबार माइतीघर मण्डलाबाट राष्ट्रव्यापीरुपमा र्‍याली निकाल्ने भएको हो । यसैगरी पोखरामा स्वतन्त्र युवाहरुले प्रधानमन्त्रीको ओलीको समर्थनमा प्लेकार्ड सहितको जुलुस निकाल्ने भएका छन् ।

उद्यमी, व्यवसायी, वकिल, पत्रकार, खेलाडी, शिक्षक तथा विद्यार्थीहरु समेत सहभागि हुने तयारी गरिएको ¥यालीमा भारतीय राजदुत रञ्जित रेलाई आफ्नो कूटनैतिक मर्यादामा रहन, छिमेकी देशमा सत्ता परिवर्तन गरी भोजभतेर गरी नृत्य नगर्न समेत खबरदारी अभियानका सदस्य सुजन राईले बताए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता पछि ओली सरकार संकटमा परेको छ । व्यवस्थापिका संसदमा सरकारको विरोधमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post