काठमाडौँ, असार ३० । संसदमा प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसके पछि सरकारको पक्ष र विपक्षमा बहस सुरु भएको छ। आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने निर्णय गरे लगतै सामाजिक सञ्जालमा पनि सरकारको पक्षमा प्रतिक्रियाको ओइरो लागेको छ।
ट्वीटरमा सरकार ढाल्न बन्द गर भन्दै ट्रेन्डिङ भएको छ। ह्यास ट्याग #सरकार_ढाल्न_बन्द_गर अहिले ट्वीटरमा ट्रेन्ड भएको हो।
माओवादीले सरकार समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीको पक्षमा ट्वीटरमा ट्रेन्डिङ भएको यो दोस्रो पटक हो। यो भन्दा अघि #IamWithKpOli ह्यास ट्याग ट्रेन्डिङ भएको थियो।