मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

जुम्ला, असार २९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निर्माणाधीन भवनको छतबाट खसेर मंगलबार एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुने कामदार त्रिशक्ति नगरपालिका–१ भजनी कैलालीका २१ वर्षीय अनिल चौधरी रहेका छन् ।

प्रतिष्ठानको भवन निर्माणको सिलसिलामा मङ्गलबार बिहान ८ः३० बजे उनी चिप्लिएर १४ मिटर तल भुइँमा खसेका थिए । भुइँमा खसेका उनी सख्त घाइते भएपछि उनलाई प्रतिष्ठानमा उपचार गरिएको थियो ।

उपचारको क्रममा बेलुका ६ः३० बजे चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मृतक चौधरीको मृत्युबारे घर परिवारलाई जानकारी गराई सकिएकाले परिवारका सदस्य नेपालगन्ज आइपुगेका शर्मा, प्रेरा, रसुवा जेभीका प्रोजेक्ट म्यानेजर डिल्लीप्रसाद ढकालले जानकारी दिनुभयो ।

चौधरीको शव उनकै गृह जिल्लामा पु¥याउन हवाईजहाज चार्टरको तयारी भएको म्यानेजर ढकालले बताउनुभयो । उहाँका अनुसार मृतक चौधरीको रु तीन लाख बिमा घरपरिवारलाई उपलब्ध गराइनेछ । ज्यान गुमाएका चौधरी डेढ महिनादेखि यहाँ काम गर्दै आएको जनाइएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post