मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  असार २९ । चीनले लिमी गाविसस्थित ललुङमा सीमा मिचेर एकतर्फी भौतिक संरचना निर्माण गरेको छ । अघिल्लो वर्ष बनाएको घर नजिकै थप संरचना थालेको स्थानीयवासीले बताएका छन् ।
कान्तिपुर दैनिकमा खबर छ – लिमी ३ हल्जीका पाल्ज्योर तामाङले हराएको ११ नम्बर सीमा स्तम्भभन्दा चार किलोमिटर वारिको नेपाली भूमि ललुङमा घर बनाएको बताए । ‘अघिल्लो वर्ष त्यो ठाउँमा एउटा भवन थियो,’ उनले भने, ‘अहिले थप भौतिक निर्माण थालेको छ ।’
लिमीका बासिन्दा तिब्बतको पुराङ काउन्टीस्थित ताक्लाकोट बजारबाट खरिद गरेका सामान लाप्चा नाकाबाट गाउँ भित्र्याउँछन् । लामो समयदेखि यही नाका प्रयोग गरी हिउँदमा पशुचौपाया चरणका लागि चीनको भूमि उपयोग गर्दै आएका छन् । सीमा आउजाउ गर्दा उनीहरूले नयाँ संरचना बनाइरहेको देखेका हुन् ।
तामाङसँगै सदरमुकाम सिमकोट पुगेका अन्य स्थानीयवासीले पनि सीमा मिचेर चीनले भौतिक संरचना निर्माण गरिरहेको बताए । सीमा मिचेर भवन निर्माण भएको खबर आएपछि आफूले गत वर्ष नै स्थलगत निरीक्षण गरेको प्रजिअ डा। कृष्णबहादुर घिमिरेले बताए । ‘चीनले नेपाली भूमिमा घर बनाएको दाबी स्थानीयवासीको छ,’ उनले भने, ‘घर बनेको ठाउँभन्दा पाँच किलोमिटर पर चिनियाँ प्रहरी बसेको छ । भवनभन्दा अलि पर खोला छ । त्यही स्थानमा पाल टाँगिएको छ ।’
पाल नजिक पुग्ने व्यक्तिको प्रहरीले सीसीटीभीबाट निगरानी गरेको उनले बताए । प्रजिअ घिमिरेका अनुसार सीमा मिचेर भौतिक संरचना बनाउन थालेको भनिएको स्थान नजिक रहेको ११ नम्बरको सीमा स्तम्भ हराएको छ । ‘स्तम्भ रहेको स्थानको अवस्था हेर्दा घर बनाउँदा मिचिएको देखिन्छ,’ उनले भने, ‘चिनियाँ प्रहरीले गर्ने निगरानी हेर्दा खोला नै सीमा भएको अनुमान छ ।’
उनले चिनियाँ पक्षसँग कुरा गर्दा गुगल सर्चबाट भवन बनेको स्थान आफ्नै भूमिमा पर्छ भनेर जवाफ दिएको उनको भनाइ छ । अहिले निर्माण गर्न थालेको भन्दा पहिले नै चिनियाँ पक्षले त्यही ठाउँमा एकतर्फी रूपमा भवन बनाएको थियो । अघिल्लो वर्ष स्थानीयवासीले नयाँ घर बनेको देखेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post