मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई तथा शुभकामना दिएका छन् ।
सरकारको नेतृत्व गर्न तम्सेका ‘प्रचण्ड’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका हुन् । मंगलबार प्रचण्डका तर्फबाट सरकार छाड्ने पत्र बुझाउन सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय पुगेका माओवादी नेता जनार्दन शर्मा र प्रमुख सचेतक हितराज पाण्डेमार्फत प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् ।
‘प्रधानमन्त्रीजीले सरकारको नेतृत्व गर्न लागेकामा हामीमार्फत प्रचण्ड कमरेडलाई बधाई र अग्रिम शुभकामना दिनुभयो’, सञ्चारकर्मीसँग शर्माले भने । यद्यपि प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले प्रचण्डलाई ब्यंग्य मिश्रित भावमा बधाई दिएका थिए ।

ओली र आफूहरुबीच थप कुराकानी समेत भएको र ती विषय अहिल्यै भन्न आवश्यक नरहेको शर्माले बताए । ‘तपाईंहरु नै बुझ्नुस न सरकारलाई दिएको समर्थन फिर्ताको चिठी बुझाउन जाँदा केपी ओली केही नबोली चुपचाप बस्ने मान्छे हुन् त ?’, शर्माले सञ्चारकर्मीसँग प्रतिप्रश्न गरे ।

प्रधानमन्त्री ओलीले शर्मा र पाण्डेलाई कालो चिया खुवाएर करिब ५४ मिनेट भलाकुसारी गरेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post