गणेश आचार्य, तुलसीपुर साउन २ । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरमा हुने आपराधिक क्रियाकलाप रोक्न जिल्ला प्रहरी कार्यालय दाङबाटै विशेष प्रहरी टोली परिचालन गरेको छ ।
डिएसपीको कमाण्डमा ७५ जनाको दरबन्दी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यशैली सन्तोषजनक नभएपछि दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जिल्ला प्रहरी कार्यालयबाटै सहायक प्रहरी निरीक्षक उज्ज्वल शाहको नेतृत्वमा १० जना प्रहरीको टोली तुलसीपुरमा खटाउनुभएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्णप्रसाद प्रसाईको विषयलाई लिएर सञ्चार माध्यममा विभिन्न कुराहरु सार्वजनिक भएपछि करिव एक महिना पहिले दाङ आउनुभएका एसपी सिंहले आफू आएकै दिनदेखि दुईजना प्रहरीलाई तुलसीपुरमा खटाउनुभएको थियो ।
उहाँले खटाएका सादा पोशाकका प्रहरीले तुलसीपुरबाट ब्राउनसुगरसहित एक महिलालाई नियन्त्रणमा लिएका थिए, भने पातुखोलामा अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्न प्रयोग भएको एउटा स्काभेटर र पाँचवटा ट्याक्टर जिप्रकामा बुझाएका थिए । उनीहरुले एक किलो यार्सागुम्वासहित एकजना तस्करलाई पनि नियन्त्रणमा लिएका थिए । त्यसैगरी नयाँ बसपार्कबाट १७ जना जुवाडेलाई पक्राउ गर्नुका साथै एउटा चोरीको मोटरसाइकल बरामदसमेत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट आएका सादा पोशाकको प्रहरी टोलीले सक्रियता बढाएपछि तुलसीपुरमा अपराध नियन्त्रण हुनुका साथै नदीजन्य पदार्थको अबैध उत्खनन् र जुवा सञ्चालनमा कमी आएको छ । तुलसीपुरमा डिएसपी हुँदाहुँदै पनि तुलसीपुर क्षेत्रमा प्रहरी प्रमुखले विशेष सुरक्षा टोली परिचालन गरी अपराध नियन्त्रणमा भूमिका निर्वाह गरे पनि ईप्रका तुलसीपुरको मुख्य प्रगति विवरणमा नै जिप्रकाको टोलीले गरेका काम उल्लेख गरिदै आइएको छ ।
एसपी सिंहले तुलसीपुरमा आपराधिक घटना र योजना धेरै बन्ने तर ईप्रकाले खासै उल्लेखनीय काम गर्न नसकेकाले घोराहीबाट समेत प्रहरीको टोली खटाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तुलसीपुर अलि संवेदनशील क्षेत्र हो । त्यहाँ त्यति प्रभावकारी काम भएको नदेखिएकाले यताबाट प्रहरी पठाएको छु । यसलाई अन्यथा लिनु हुँदैन ।’
एसपी सिंहले जिप्रकाबाट प्रहरी खटाएर अपराध नियन्त्रण गर्न थालेपछि तुलसीपुरबासीले यहाँको शान्ति सुरक्षा सुध्रनेमा अपेक्षा गरेका छन् । जिप्रकाबाट आएको सहायक प्रहरी निरीक्षक शाहको नेतृत्वको प्रहरी टोलीले तुलसीपुरमा चोरीका मोटरसाइकल, गुण्डागर्दी, जुवा तास नियन्त्रणलगायका सबै प्रकारका अपराध रोक्ने अभियान चलाएको छ ।