घोराही,
साउन २ । रापती समाज काठमाडौले समाजसेवी, कला प्रेमी बलीभद्र रानालाई
सल्लाहकारमा चयन गरेको छ । समाजलाई विगत लामो समयदेखि सघाउदै आईरहेका
रानालाई सल्लाकारमा चयन गरीएको रापती समाज काठमान्डौका अध्यक्ष शशि शर्मा
मजगैयाँले बताउनु भयो । दाङ निर्माण ब्यवसायि संघका अध्यक्षलगाएतका दाङका
थुप्रै सामाजिक संघ संस्थामा आवद्धसंगै नेतृत्व गर्नु भएका रानालाई समाजको
हालै काठमान्डौमा बसेको बैठकले सल्लाहकारमा चयन गरेको समाजका अध्यक्ष
मजगैयाँले जानकारी दिनुभयो । रापती समाज काठमाडौं वि.सं.२०६३ सालमा स्थापना
भई समग्र रापती बासिहरुको हक, अधिकारको संरक्षण र सम्र्वद्धनका लागि
अग्रणी भूमिका खेल्दै कला,साहित्य,सँस्कृति र पर्यटनको पचार–प्रशार गर्दै
आफ्नो माटोको पहिचानको लागी शिर्ष नेतृत्व गरिरहेको गैर राजनितिक, गैर
नाफामुलक, गैर सरकारी एक सामाजिक संस्थाकारुपमा परीचित रहेको छ । संस्थाले
भुकम्प पिडित,बाढि पिडित,अग्नी पिडित,क्यान्सर पिडित समाजका विभिन्न
पिछडिएका वर्गलाई सहयोग गर्नुका साथै राष्ट्रिय स्तरमा बिभिन्न सांस्कृतिक
कार्यक्रम गरी राप्तीको कला,साहित्य,संगीत र संस्कृतीलाई जगेर्ना गर्दै
स्रष्टा सम्मान पनि गर्दै आईरहेको छ ।
