मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

बैतडी, असार २८  । लगातारको वर्षासँगै आएको पहिरोले बैतडीको ढुङ्गाडमा सोमबार बेलुका एक घर पुरिएको छ ।

फाइल फोटो
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ढुङ्गाड–८ स्थानीय कटे देउकाको घर पुरिएको हो । घरमाथिबाट आएको पहिरो र ढुङ्गाले घर नष्ट गर्दा एक गाई र एक हल गोरु मरेका छन् ।

उहाँले भन्नुभयो “घरभित्र रहेको अन्नपात, भाँडाकुँडा र लत्ताकपडा सबै नष्ट भएका छन्” । घटनाबारे थप जानकारी लिनका प्रहरी चौकी गाँजरीबाट आज बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

घर पूर्णरुपमा क्षतिग्रस्त भएको भएपनि घरका मानिस बाहिर भएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post