काठमाडौं असार २८ । नेकपा माओवादी केन्द्रले अकस्मात सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली राजनीतिक बृत्तमा फरक–फरक विश्लेषण सुरु भएको छ । माओवादीले सहमति कायम नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताइरहँदा नेकपा एमालेका नेताहरुले भने सरकार छाड्नु माओवादीको ऐतिहासिक भुल भएको बताएका छन् ।
एमाले नेताहरुसँग कुराकानी गर्दा उनीहरुले माओवादीको निर्णय दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्। एमाले महासचिव ईश्वर पोखे्रलले माओवादी केन्द्रको निर्णय अस्वभाविक भएको बताउनुभयो । हिजो के आधारमा समर्थन गरेको थियो र समर्थनका एजेण्डा के थिए ? अहिले फिर्ता लिँदाका एजेण्डा के हुन् भनेर माओवादीले नै जनतालाई बताउला । तर माओवादीको यस्तो निर्णय अस्वाभाविक हो’, उहाँले भन्नुभयो, ‘यो विषयमा हामीले पार्टीको आधिकारिक धारणा बनाउन नै बाँकी छ । अब नेकपा एमालेले संवैधानिक र संसदीय प्रक्रियाबाट चुनौतीको सामना गर्नेछ।’
यस्तै एमाले सचिव योगेश भट्टराईले माओवादीको निर्णय ऐतिहासिक भूल गरेको टिप्पणी गरेका छन्। ‘माओवादीको यो निर्णय दूर्भाग्यपूर्ण छ। माओवादीका लागि पनि यो एउटा ऐतिहासिक भुल हुनेछ’, एमाले प्रचार विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो,‘यो निर्णयको माओवादीले पुनर्विचार गर्नुपर्छ । एमाले–माओवादीसहितको यही गठबन्धनलाई निरन्तरता दिइनुपर्छ । यसमा माओवादीका केही चित्त नबुझेका कुराहरु भएमा खुलस्त रुपमा छलफल गर्न एमाले तयार छ।’
एमाले स्थायी समितिका सदस्य शंकर पोख्रेल माओवादीलाई त्रास र आश देखाएर केही पक्षले सरकारबाट बाहिरिन लगाएको बताउनुभयो । ‘‘सत्यनिरुपण मेलमिलाप र वेपत्ता छानबिन आदिसँग जोडिएर हेग अदालतको त्रास देखाएर माओवादीलाई गलाउने खालको कोसिस गरिरहेका थिए। शिविरको भ्रष्टाचार आदि इत्यादिबाट मुद्दा चलाउँछौ भनेर थ्रेट गरेर आफ्नो पक्षमा ल्याउने भित्री बाहिरी खेल थियो त्यस कुराको प्रभाव हुनसक्छ’, नेता पोखे्रलले भन्नुभयो,‘अर्को कुरा प्रधानमन्त्री पाइन्छ भने प्रधानमन्त्री किन नलिने भन्ने पनि होला।’
माओवादीको निर्णयका सन्दर्भमा पार्टिभित्र छलफल गर्ने बताउँदै उहाँले अहिलेको सरकार परिवर्तनको खेलको भण्डाफोर गर्दै एमालेले अब जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न सक्ने संकेत समेत गर्नुभयो ।