सुशील बस्नेत,
दाङ, असार २८ । समुदायमा शान्तिलाई व्यवस्थापन गर्न आफ्नो भन्दा हाम्रो भन्ने भनाइलाई संस्थागत गर्नुपर्ने पश्चिम दाङका राजनीतिक दलका स्थानीय नेताहरुले बताएका छन् । स्थानीय शान्ति समिति पञ्चकुले गाविसको आयोजना र जिविस दाङको सहयोगमा शान्ति र द्वन्द्व व्यवस्थापन विषयक एकदिने अभिमुखीकरण समापन कार्यक्रममा बोल्ने वक्ताहरुले जबसम्म मेरो भन्न छौड्दैनांै त्यतिबेलासम्म समुदायमा कुनै न कुनै तरिकाले द्वन्द्व भइरहने बताएका छन् ।
गाविसस्तरीय शान्ति समितिका संयोजक एवं नेपाली कांग्रेस पञ्चकुलेका सभापति रुद्रबहादुर डाँगीको अध्यक्षतामा आयोजीत अभिमुखीकरणमा नेकपा एमालेका जगतबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका रेशम चौधरी, राप्रपा नेपालका बेगमबहादुर डाँगी, जानका खड्का र कुम्भकुमारी अधिकारीलगायतले शान्ति प्रक्रियालाई दिगो व्यवस्थापनका विषयमा बोल्नुभएको थियो ।
उहाँहरुले शान्ति कायम गर्न स्थानीय शान्ति समिति थप सक्रिय हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा विषय प्रवेश गाविस कार्यालयका सचिव चन्द्रकुमार डाँगी, सहजीकरण पत्रकार सुशील बस्नेत र सञ्चालन गाविस कार्यालयका लोकराज देवकोटाले गर्नुभएको थियो ।