मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २७ । नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो ।

५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा ९ भारुमा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदसँगै रिमोर्टमार्फत स्वित थिचेर यो परिमाणमा विद्युत आयातको शुभारम्भ गरेका थिए । विद्युत प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनीको प्लान्टबाट व्यापारिक कम्पनी एनटीपीसी विद्युत व्यापार निगम बीच आइतबार नयाँ मूल्यसमबन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभीभीएनका प्रवन्ध निर्देशक अरुणकुमार गर्गले हस्ताक्षर गरे । आजको कारोबार दैनिकमा समाचार छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post