दाङ, असार २७ । दाङ निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र रानाले काम नगर्ने निर्माण व्यवसायीको पक्ष निर्माण व्यवसायी संघ नरहेको स्पष्ट पार्नु भयो । उहाँले काम नगर्ने निर्माण व्यवसायीहरुलाई संघको तर्फबाट पुल निर्माण कार्य र अन्य विकास निर्माणका काममा देखिएको ढिलासुस्तिका विषयमा स्पष्टिकरण माग्ने बताउनुभयो ।
वर्षौंदेखि समयमै निर्माण व्यवसायी र सम्बन्धित निकायले तदारुकता नदेखाउँदा जिल्लाका विभिन्न स्थानमा भइरहेका पुल निर्माण कार्य अलपत्र परेको र यसलाई गति प्रदान गर्न जिल्लाबासीहरु एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
यहाँका राजनीतिक दलले यस्ता विकास निर्माणका कामहरुलाई अघि बढाउन दवाव दिनुपर्र्ने बताउनुभएका अध्यक्ष रानाले यदि कानुन बमोजिम काम नभएको पाइए संघकोतर्फबाट सदस्यता खारेजसँगै सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिनुभयो ।