मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी, 
दाङ, साउन १ । देशभरका नगरपालिकाहरुको न्युनतम शर्त तथा कार्यसम्पादन मापनको मूल्याङ्कनमा दाङको घोराही नगरपालिका तेस्रो स्थानमा परेको छ । आर्थिक वर्ष २०७१/०७२ मा नगरपालिकाहरुले सञ्चालन गरेका कामकार्बाहीहरुलाई आधार मानेर गरिएको न्युनतम शर्त तथा कार्यसम्पादन मापनको मूल्याङ्कनमा ८८ अंक प्राप्त गरेर घोराही नगरपालिका तेस्रो स्थानमा परेको हो ।

आर्थिक वर्ष २०७१/०७२ मा नगरपालिकाहरुले सञ्चालन गरेका कामहरुलाई आधार मानेर न्युनतम शर्त र कार्यसम्पादन गरी दुई चरणमा मूल्याङ्कन गर्दा घोराही नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको हो । देशभरका ५८ वटा नगरपालिकाहरु मध्य तेस्रो स्थान प्राप्त गरेसँगै नगरपालिकाले थप अनुदानमा २० प्रतिशत बजेट प्राप्त गर्ने घोराही नगरपालिकाका सुचना अधिकृत प्रेम केसीले जानकारी दिनुभएको छ । न्युनतम शर्त तथा कार्यसम्पादन मापनको मूल्याङ्कनअन्तर्गत न्युनतम शर्तमा १० वटा सुचक र कार्यसम्पादन तर्फ ४० वटा सुचक पार गर्नुपर्ने नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले जानकारी दिनुभयो ।

घोराही नगरपालिका तेस्रो भएसँगै नगरपालिकाले केन्द्रबाट प्राप्त गर्ने बजेटको थप अनुदानमा २० प्रतिशत थप रकम पाउने कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो । नगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्ययोजना, अभियान तथा कामकार्बाहीलाई स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत सञ्चालन तथा सम्पादन गर्नका लागि समन्वय र सहयोग गरेकै कारण नगरपालिकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएको कार्यकारी अधिकृत केसीले बताउनुभयो ।

उता दाङको तुलसीपुर नगरपालिका भने यसवर्ष असफल भएको छ । मन्त्रालयले तयार गरेको तथ्यांकमा तुलसीपुर नगरपालिकाले ७० अंक मात्र प्राप्त गरेको छ, भने न्यूनतम शर्त पनि पुरा नगरेको देखिएको छ । मन्त्रालयले न्यूनतम शर्त पुरा गरेका नगरपालिकाहरुको मात्रै कार्यसम्पादनमा मूल्यांकनको नम्वर जोड्ने गरेको छ । तर, तुलसीपुर नगरपालिकाले यसवर्ष न्यूनतम सर्त पनि पुरा गर्न नसकेको देखिएको छ । आर्थिक वर्ष २०६६/०६७ मा तेस्रो स्थान प्राप्त गरेको नगरपालिका यो वर्ष कर्मचारी व्यवस्थापनमा देखिएको समस्याका कारण अहिले असफल भएको नगरपालिकाका सुचना अधिकृत झरेन्द्र खरेलले जानकारी दिनुभयो ।


तुलसीपुरमा अहिले कुनै पनि अमिन छैन । जस्का कारण जग्गा सम्बन्धी सम्पूर्ण कामहरु प्रभावित हँुदै आएको छ, भने सिंगो नगरपालिकाको कार्यसञ्चालन तथा सम्पादनमा दाङ लाग्दै आएको छ । नगरपालिकाका एक मात्र अमिन विजयकुमार मण्डल अनिवार्य अवकासमा परेपछि नयाँ अमिनको व्यवस्थाका लागि नगरपालिकाले नयाँ अमिनको नियुक्ति गरेको थियो । त्यो नियुक्तिलाई आन्तरिक आय खर्च गर्ने मनसाय देखिएको भन्दै मूल्याङ्कनले नगरपालिकालाई फेल गराएको सुचना अधिकृत खरेलले बताउनुभयो । पछिल्लो समय ३ वटा गाविसहरु थपिएको नगरपालिकामा हिरालाल केसीलाई अमिनका रुपमा नियुक्ति गरे पनि त्यहि विषयलाई लिएर आन्तरिक आय कटौती भएको, खर्च व्यवस्थापनमा यस्ले समस्या पार्ने भन्दै न्यूनतम शर्तमै फेल गराएको उहाँको भनाइ छ । न्यूनतम शर्तअन्तर्गत कर्मचारी व्यवस्थापन तथा नयाँ नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ ।

सूचना अधिकृत खरेलका अनुसार केहि समयपछि नै ४ जना कर्मचारीहरु पनि अवकाशमा जाँदैछन् । तर, पुरानै पदपुर्ती गर्दा पनि न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकनले फाल्ने अवस्था रहेकाले आफूहरु समस्यामा परेको जानकारी दिनुभयो । तुलसीपुर नगरपालिका फेल भएसँगै केन्द्रबाट प्राप्त हुने बजेटको थप अनुदान कटौती भएको छ ।

अहिले देशभर २१७ वटा नगरपालिका भए पनि पहिलो चरणका ५८ वटा नगरपालिकाहरु मध्यबाट बुटवल नगरपालिका ९० अंक प्राप्त गरेर पहिलो भएको छ, भने धनकुटा नगरपालिका र हेटौडा नगरपालिका ८९ अंक प्राप्त गरेर दोस्रो स्थानमा परेका छन् । देशभर न्यूनतम शर्त र कार्यसम्पादन मूल्याङ्कन दुवैमा पास नहुने ४ वटा नगरपालिका रहेका छन् । यस्तै जिल्ला विकास समिति दाङ पनि न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्याङ्कनमा पास भएको छ । मूल्याङ्कनमा ६२ प्रतिशत अंक प्राप्त गरी जिविस पास भएको जिल्ला विकास समितिका सुचना अधिकृत कृष्ण केसीले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post