काठमाडौँ, साउन  १ । बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो  जित हात पारेको छ ।
लण्डनको स्ट्यानमोर क्रिकेट क्लबको मैदानमा गएराति भएको खेलमा नेपालले दक्षिणी ईंग्ल्याण्डको क्लब क्रिकेट कन्फ्रेन्सलाई ४ विकेटले हरायो ।
पहिला ब्याटिङ्ग गरेको क्लब क्रिकेट कन्फ्रेन्सले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय २६ रन बनायो । उसका लागि स्टिभ सेलउडले सर्वाधिक ६७ रन जोडे । नेपालका सोमपाल कामी र सन्दिप लामिछानेले २÷२ तथा करन केसी र पारस खड्काले १-१ विकेट लिए । २ सय २७ रनको लक्ष्य नेपालले ४६ दशमलव १ ओभर ६ विकेट गुमाउँदै भेट्टायो ।
नेपालका लागि पारस खड्काले ६७, अनिल मण्डलले ४३, ज्ञानेन्द्र मल्लले ३६, शरद भेषावकरले १९, राजु रिजालले नटआउट १७, राजेश पुलामीले नटआउट १६, विनोद भण्डारीले ६ र सागर पुनले ४ रन बनाए ।nepali
क्लब क्रिकेटका ल्यूक च्यापम्यानले ३ विकेट लिए । यसअघि भएका अभ्यास खेलमा नेपालले फ्रि फरेस्टर्स क्लबलाई १ सय २० र इण्डियन जिमखानालाई २० रनले हराएको थियो ।