मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ, असार २८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बीच मन्त्रालयको बाँडफाँड चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरहरा बनाउन १ करोड हस्तान्तरण गरिएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीको ‘मेरो धरहरा मै बनाउँछु’ कोषका लागि एक करोड हस्तान्तरण गरेको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दो सहभागिताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पुनःनिर्माणमा करिब रु तीन अर्ब लाग्ने भएकाले त्यस प्रकारको लगानी कुनै व्यक्ति वा कम्पनीले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।


विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि उपस्थिति रहेको थियो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post