मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुशील बस्नेत,
दाङ, असार २८ । दलित महिलाहरुले कानुन कार्यान्वयन अझै पनि समुदायमा हुन नसकेको गुनासो गरेका छन् । दलित महिला संघ दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको नेतृत्व विकास सम्बन्धी २ दिने नेतृत्व बिकास तालिम उद्घाटनमा उनीहरुले नेपालको संविधान २०७२, जातीय बिभेद बिरुद्धको कानुन, अन्तर्राष्ट्रिय महासन्धीलगायत थुप्रै ऐन, कानुन भएपनि अझै पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा तुलसीपुर नगरपालिकालगायत जिल्लाका विभिन्न गाविसका २६ बढी दलित महिलाहरुको सहभागिता रहेको छ ।  कार्यक्रममा बोल्नु हँुदै अध्यक्ष कराराले दलित महिलाहरु नीति निर्माण गर्ने स्थानमा पुग्न नसक्दा कानुन कार्यान्वयन हुन नसक्ने बताउनुभयो । तालिमको बारेमा कार्यक्रम संयोजक पोषण सेञ्चुरी र सञ्चालन सितरा नेपालीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा पत्रकार सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post