ओपेन्द्र बस्नेत,
दाङ असार ३० । ‘मलाई बचाऊ, मलाई बचाऊ’ भन्ने आवाज राप्ती नदीबाट एकाएक आयो । बगेका बालकको चिच्चाहट सुनेर उत्तिखेरै हेर्ने मान्छेको भिड लाग्यो । नदीमा बगिरहेका बालकलाई हेरिरहेका सबैले चुकचुकाउँदै कठैबरै ! भन्दै भगवानको नाम समेत पुकारे । तर, नदीको उर्लदो भेलमा गएर बालकको उद्धार गर्ने आँट कसैलाई आएन । त्यतिकैमा ३ जना युवती र एक जना युवक ज्यानको बाजी लगाएर दौडिदै बालको उद्धारमा जान्छन् । करिव २ सय मिटरको दुरीमा बगिसकेका बालकको सकुशल उद्धार गर्छन् ।
लाइफ ज्याकेट लगाएर आफ्नै ज्यानको माया मारेर उद्धारमा खटिएका कल्पना चौधरी, सृजना चौधरी, कविता बुढोथोकी र दीपक पोख्रेलको साहसिक कामले गर्दा नै नदीमा बाढीले बगाएर ल्याएको दाउरा छोप्न गएका दुई बालकको ज्यान जोगिन्छ । देख्दा, पढ्दा या सुन्दा साँच्चिकै जस्तो लाग्ने यो घटना बास्तविकता भने होइन् । विपत आइहाल्यो भने बाँच्नका लगि दाङको भालुवाङस्थित राप्ती नदीमा गरिएको पूर्व नमुना अभ्यास हो यो ।
दाङमा बाढीपहिरो, भूकम्प, चट्याङ जस्ता सम्भावित विपतबाट बच्न जोखिममा रहेका स्थानको पहिचान गरेर यस्ता नमुना अभ्यास तालिम गर्ने गरिएको छ । विपद आइपर्दा भागेर बाँच्नसक्ने अग्ला स्थानको पहिचानदेखि, विपद आउनु भन्दा पहिला पूर्व सूचना दिने, भागेर सुरक्षित स्थानमा जान नसक्ने अपाङ्ग, गर्भवति महिला, जेष्ठ नागरिकहरुको उद्धार, विपतको क्रममा भएका घाइतेहरुको प्राथमिक उपचार जस्ता कामहरु गर्न स्थानीय स्तरमा कार्यदल गठन गरेर तालिम दिने गरिएको बिस्तार परियोजना लालमटियाकी सामाजिक परिचालक भगवती बुढाथोकीले जानकारी दिनुभयो ।
नगरपालिकामा नगरस्तरीय र गाविसमा गाविसस्तरीय विपद व्यवस्थापन समितिमार्फत् पूर्व सूचना संकलन, खोज तथा उद्धार र प्राथमिक उपचार कार्यदल गठन गरिएको सामाजिक परिचालक बुढाथोकीले बताउनुभयो । ‘सम्भावित विपतबाट बाँच्नका लागि अपनाउन सक्ने उपायका विषयमा जोखीम क्षेत्रमा रहेका स्थानीयहरु पूर्णरुपमा जानकार छन्’, परिचालक बुथोकीले भन्नुभयो, ‘हाम्रो प्रयासले क्षेति हँुदैन भन्ने त होइन । तर, कम मात्रा हुन्छ ।’ दाङमा तुलसीपुर, डुरुवा, लमही र लालमटियालाई विपतको दृष्टिकोणले उच्च जोखिमको सूचिमा राखिएको छ ।