मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

 काठमाडौं असार २७/ माओवादी केन्द्रले ९ बुँदे सहमति गर्दा भएको मौखिक भद्र समझदारीअनुसार यही गठबन्धनमा सत्ता हस्तान्त्रण गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै विषयमा छलफल गर्न आइतबार बोलाएको सत्तारुढ दलको बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो ।

पार्टी हेडक्वाटर बैठकपछि बालुवाटार पुगेका माओवादी नेताहरुले आफूलार्इ नेतृत्व दिन प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्डले ९ बुँदे सहमति कार्यान्वयनमा केही काम भएपनि धेरै तीब्रता नआएको लगायत तर्क गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका हुन् ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सरकार र गठबन्धनबारे बाहिर धेरै चर्चा भएको भन्दै यसबारेमा के धारणा छन् भन्नेबारे छलफल गरौ भन्दै एजेन्डा प्रस्तुत गरेको थिए । त्यसपछि प्रमुख सत्तासाझेदार दलको तर्फबाट प्रचण्डले पार्टीको निर्णयानुसार धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले पनि गठबन्धन आवश्यक रहेपनि असमझदारीको अवस्था रहे धेरै लामो सयमसम्म चल्न नसक्ने बताए । ‘सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भनेर हिँड्नु ठीक होइन, सहमतिका साथ जति दिन चल्छ त्यतिन्जेल चलाउने हो,‘प्रधानमन्त्री ओलीको भनाई थियो,‘असमझदारी पाली-पाली गठबन्धन जोगाउनु छैन मलाई पदमा बसिरहने रहर छैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post