मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २७/ अहिले सरकार परिवर्तनको हल्ला उत्कर्षमा रहेको छ । सरकारको दोस्रो प्रमुख घटक नेकपा माओवादी केन्द्रले कहिले सरकारमा बस्ने र कहिले छोड्ने भन्दै पटक पटक हल्ला सिर्जना गरेपछि कर्मचारीवृत्तले कसको नेतृत्वमा सरकार बन्ने हो र कस्तो मन्त्री आउने हो भनेर लख काट्दै नियमित काम नै गर्न छोडेका छन् ।

माओवादी केन्द्रले चटक्कै छोड्न पनि नसक्ने र छोड्छु पनि भनी रहने गर्दा सर्वसाधारणमा मजाकको विषय भएजस्तै कर्मचारीबृत्तमा पनि मन्त्रीहरुलाई नटेर्ने र हेप्ने प्रवृत्ति बढेको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यालयभित्र छलफल गर्दा होस् या चियागफमा एउटै काम हुन्छ– त्यो हो सरकार परिवर्तन गफ ।

सर्वसाधारणमाझ राजनीतिक विषय अत्यधिक र्चा हुने हाम्रो जस्तो देशमा कर्मचारीबृत्तमा पनि सरकार परिवर्तनको चर्चाले प्रश्रय पाउनुलाई एकथरीले स्वाभाविक पनि भनेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post