मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

प्रेमबहादुर राम्जा,
दाङ साउन १ । पश्चिम दाङमा पीपीआर रोग लागेर ३ सय बाख बिरामी परेका छन् । पञ्चकुले गाविसमा बिरामी भएका बाख्रामा पीपीआर रोग फैलिएको आशंका गरिएको छ ।

त्यसको शंकामा पशु चिकित्सकको टोली त्यसक्षेत्रमा पुगेको छ । महामारीका रुपमा उक्त रोग फैलिएको जानकारी किसानहरुले दिएपछि केही खोप र औषधिसहितको टोली पञ्चकुले गाविस वडा नम्वर २ पञ्चकुलेमा पुगेको पशु चिकित्सक डाक्टर रमेशप्रसाद नेपालीले जानकारी दिनुभयो । ४ दिन अघिदेखि झण्डै ३ सय बढी खसी बाख्रामा उक्त रोग देखिएपछि किसानले जिल्ला पशुसेवा कार्यालय घोराहीमा खबर गरेका थिए ।

रोगबाट संक्रमित ३ सय वटा बाख्रालाई पीपीआर खोप लगाइएको डाक्टर नेपालीले जानकारी दिनुभयोे । केही दिन पहिले पञ्चकुलेमा ७ बढी खसी बाख्रा निमोनियाका कारण मरेका थिए । खस्सी बाख्रा मरेको देखेका त्यहाँका किसानले अर्काे रोगको संकेत देखेपछि पुनः चिन्तित भएका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post