मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रुकुम, साउन १ । जिल्लाका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै अवरुद्ध हुँदा रुकुमका विभिन्न स्थानको यातायात प्रभावित भएको छ । वर्षाले विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडक ठाउँठाउँ फाटेपछि यातायात सञ्चालन हुन नसकेको हो ।

सदरमुकाम खलङ्गादेखि आठबिसकोट, चौरजहारी, पीपल, पोखरा, तकसेरा, महत, काँक्री जाने सडक पूर्णरूपमा बन्द भएका छन् भने रुकुमकोट, बाँफीकोटलगायतका ठाउँ पुग्ने सडक अनियमित बनेका छन् ।
अनियमित रूपमा गाडी चलेका सडकमा पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् । सडक निर्माणपछि नाला नकाट्दा समस्या भएको चालकको भनाइ छ ।

नाला नहुँदा पानी सडकमा बगेर सडक भत्कने गरेको छ । सडक अनियमित बन्दा सदरमुकाम आउने तथा सदरमुकामबाट फर्कने यात्रुलाई समस्या भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि असहजता आएको छ । सडक अनियमित बनेसँगै जिल्लाका बजारमा महँगी बढ्ने भन्दै उपभोक्ता चिन्तामा परेका छन् ।

सवारीसाधन सञ्चालन नहुँदा दोब्बर मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । विशेषगरी आठबिसकोट, काँक्री, रुकुमकोट बजारबाट सेवा लिने उपभोक्ता महँगीको मारमा परेका छन् । सडक सञ्चालन नहुँदा मान्छेबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले सामान महँगो भएको व्यवसायीले बताउँछन् ।
गोरखापत्र अनलाइनबाट

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post